सल्यानको शारदा नदिमा एक महिलाको शव फेला

   
त्रिवेणी अनलाइन
४ माघ २०७६, शनिबार १७:५६ मा

सल्यान ४, माघ ।
सल्यानमा एक महिलाको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १५ सिमतराकी अन्दाजी ५८ बर्षिय लक्ष्मी रोकायको शव फेला परेको हो ।

उनको सोही ठाँउ स्थित शारदा नदिमा आज दिउसोँ २ बजे तीर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । माघ २ गते बिहीबार घरबाट हराएकी उनको आज शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया
Array