सल्यानमा आगलागी हुँदा एक घर जलेर नष्ट

   
त्रिवेणी अनलाइन
२८ पुष २०७६, सोमबार ११:१२ मा

पुस २८, सल्यान । सल्यानमा आगलागी हुदा एक घर जलेर नष्ट भएकाे छ ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका -१० निवासी चन्द्र बहादुर बुढाको घरमा आइतबार आगलागी हुँदा आगलागी १ लाख ५० हजार बरावरको क्षति भएको छ ।

घरमा भएको लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको पिडित बुढाले जानकारी दिए । आगो ताप्ने क्रममा आगलागी भएको हो । आगो स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट कुनै मानविय क्षति नभएपनि घर पुर्ण रुपमा नष्ट भएकोले परिवारको विचल्ली भएको छ । ‘आर्थिक अवस्था कमजाेर छ, भएको घर पनि जलेर खरानी भयो अब सहयोगका लागि सबैसँग अनुरोध गर्नुको बिकल्प छैन सबैले सहयोग गरिदिनुस ‘, पीडित बुढाले भने ।

तपाइँको प्रतिक्रिया
Array