सल्यानको एक युवा क्लवले ३५ घरधुरीलाई बाड्यो ग्यासचुलो

   
त्रिवेणी अनलाइन
८ पुष २०७६, मंगलवार १०:३१ मा

करेश्मा गिरी / पुस ८ , सल्यान । सल्यानको एक युवा क्लवले वन जंगल जोगाउने उदेश्यले ग्यास चुलो वितरण गरेको छ । जिल्लाको बागचौर नगरपालिका ९ खर्सुछाप टोलमा रहेको झरणा स्मिृति युवा क्लवले आफ्नो क्लव भित्रका ३५ घरधुरीलाई ग्यास चुलो वितरण गरेको हो ।

आइतबार एक कार्यक्रमको आयोजना गरेर खर्सुछाप टोलमा ग्यास चुलो वितरण गरिएको क्लवका कोषाध्यक्ष तथा समाजसेवी टोप बहादुर ओलीको बताए । यस वर्ष क्लव खेलेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमले ग्यस चुलो वितरण गरिएको उनले लेकाली अनलाइनलाई बताए ।

भैलोबाट संकलित २ लाख १३ हजार ५ सय मुल्य ग्यास चुलो वितरण गरिएको क्लवले जनाएको छ । आगामि दिनहरुमा पनि क्लवले सामाजिक क्षत्रमा अग्रसर भएरर काम गर्ने जनाएको छ ।

तपाइँको प्रतिक्रिया
Array