पत्रकार समाजको ऐना जस्तै हो – बस्नेत
३ मङ्सिर सल्यान
प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले पत्रकार समाजको ऐना जस्तै भएकोले बास्तबिकतालाई बाहिर ल्याउन आग्रह गरेका छन् ।
सल्यानवाट सञ्चालन हुँदै आएको ‘लेकाली अनलाई’को दोस्रो बार्षिक उत्सवका अवसरमा अयोजित कार्यक्रमलाई सम्वोधन गर्दै पुर्ब मन्त्री समेत रहेका बस्नेतले पत्रकारितको मिसनवाट विचलित हुन नहुने बताएका हुन ।
कार्यक्रमलाई सम्वोधन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले सबैको साझा दायित्व सभ्य समाज निर्माण गर्नु भएपनि त्यसमा पत्रकारको भूमिका महत्वपूर्ण हुने तर्क गरे । उनले समाजका लुकेर रहेका खवरहरु उजागर गर्न तर्फ अग्रसर हुन आग्रह गरे ।

कार्यक्रममा सिद्धकुमाख गाउपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले पत्रकारको कलम सत्य र तथ्यको पक्षमा चल्नु पर्ने बताए ।
कार्यक्रममा जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाही, जिल्ला अध्यक्ष प्रतिक ईच्छुक शर्मा, सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशका अध्यक्ष रमेशकुमार गौतम लगाएकाले मनतव्य व्यक्त गरेका थिए ।
कार्यक्रम अनलाईनका सञ्चालक तथा सम्पादक खकेन्द्र केसीले अध्यक्षतामा भएको हो । त्यसक्रममा स्थानीय एक प्रतिभाले कोरेका जनप्रतिनिधिहरुका तस्विर प्रदर्शन गरिएको थियो ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।






