निशुल्क आँखा जाँच शिबिरमा १ सय ८ जनाले सेवा लिए
सल्यान २४, कार्तिक ।
एक दिने निशुल्क आँखा जाँच कार्यक्रम शनीबार सल्यानको डाँडागाउ स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ, सल्यान आँखा उपचार केन्द्र शितलपाटीको प्राविधिक सहयोग र शारदा नगरपालिका वडा नम्बर १४ र १५ को संयुक्त स्थानिय ब्यबस्थापनमा आँखा जाँच कार्यक्रम सम्पन्न भएको हो ।
आँखा जाँच कार्यक्रममा १ सय ८ जना आँखाका बिरामीको आँखा जाँच गरिएको थियो । जसमा महिला ६६ जना र ४२ जना पुरुषको आँखा जाँच गरिएको थियो । आँखा जाँचका क्रममा ३४ जनामा मोतियाबिन्दु भएको पाईएको छ ।
आँखा जाँच गराएका अन्यमा सामान्य आँखा रातो हुने, आँखा चिलाउने, आँखा सुख्खा हुने, चस्मा लगाउनु पर्ने, आँखा पाक्ने बिरामीहरुलाइ निशुल्क औषधी बितरण गरिएको थियो । मोतियाबिन्दु भएका बिरामीहरुलाइ आगामी मंसिर २ र ३ गते सल्यान आँखा उपचार केन्द्र शितलपाटीमा हुने २ दिने निशुल्क आँखा शिबिरमा अप्रेशनको लागि बोलाएको छ ।
आँखा जाँच कार्यक्रममा नेत्र सहायक नबिना चौधरी र वरिष्ठ नेत्र स्वास्थ्य कर्यकर्ता पदम राज पन्तले आँखा जाँच गर्नुभएको थियो । यसैबिच शारदा नगरपालिका ७ कजेरीमा आइतबार निशुल्क आँखा शिबिर सञ्चालन हुदैँ छ ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







