सल्यानमा ८० भन्दा बढि कैदीबन्दीको स्वास्थ्य परिक्षण
मिना बुढाथोकी/ असोज २६, सल्यान । जिल्ला कारागार सल्यानका कैदीबन्दीका लागी निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको छ । आज आइतबार २६ गते आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा ८० भन्दा बढि कैदीबन्दीले स्वास्थ्य परिक्षण गरेका थिए ।
कैदीबन्दीहरुले उच्च रक्तचाप, न्युन रक्तचाप, पिसाव परिक्षण, रगत परिक्षण, मानशिक समस्या, भाइरल ज्वरो, सुगर लगायतका समस्याहरुको परिषण गरेका थिए । उनिहरुको स्वास्थ्य परिक्षणको रिर्पोटका आधारमा उपचारमा सहयोग गरिने नेविसंघ सल्यानका अध्यक्ष प्रकाश भण्डारीले बताए ।
विविध कारणले रोग लुकाएर बस्नुपर्ने अवस्थाका कारण समयमै उपचार हुन नसकेका कैदीबन्दीका लागी शिविरले ठुलो सहयोग गरेको जेलर बल बहादुर केसीले बताए ।
यस्तै स्वास्थ्य शिविरका कारण आफुहरुलाई स्वास्थ्य समस्या पाउन सहज भएको कैदीबन्दीहरुले बताएका छन् । पहिलेको तुलनामा कैदीबन्दीहरु पनि समाजकै मानिस हुन भन्ने भावनाको विकास हुदैगएको कैदीबन्दी जयन्ती हमालले बताइन ।

स्वास्थ्य जाँच गरेका मध्ये उक्तचापका ८ जना, भाइरल ज्वरोका ७ जना, महिला सम्वन्धि समस्याका ३ जना, मानसिक समस्याका २ जना, आँखाको समस्याका १, पिसावका ३ जना लगायतका विरामी भेटिएका हुन ।
कैदीबन्दीहरुको शारदा मेट्रो अस्पताल प्रालि श्रीनगरका महिला रोग तथा वरिष्ठ फिजिसियन डाक्टर मान बहादुर केसी नेतृत्वको टोलीले उपचार गरेको थियो । सुगरको रिपोर्ट आएपछि सवै विरामीहरुको जानकारी गराउने शारदा मेट्रो अस्पताल प्रलि श्रीनगरका संचालक समिर केसीले बताए ।
शारदा मेट्रो अस्पताल प्रलि श्रीनगरको प्राविधिक सहयोग र नेपाल विद्यार्थि संघ सल्यानको आयोजनामा शिविर आयोजना गरिएको थियो । जिल्ला कारागार सल्यानमा अहेवको दरवन्दी भएपनि कर्मचारी समायोजन सो पद पछि रिक्त छ । हाल जिल्ला कारागार सल्यानमा १ सय १५ जना कैदीबन्दी रहेका छन् ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।







